काठमाडौं—नेकपा (माओवादी केन्द्र) ले शुक्रवार शुरु हुने संसदको हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ । आज सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले ल्याएको अध्यादेश आवश्यक नरहेको र सरकारले छिटो भन्दा छिटो जनतालाई डेलिभरी दिने भनेर ल्याएको विधेयकको विधि र प्रक्रिया नमिलेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बतए । सरकारले ल्याएको ६ वटा अध्यादेश प्रक्रियागत हिसावमा नै बैठिक रहेको उनको भनाई छ । मूल्यवृद्धि बढेको र सरकार बन्दा भनेका कुराहरु लागू गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ ।
राजनीति
प्रतिक्रिया