Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

सरकार पुर्ण रुपमा असफल भइसकेको छ : अग्नि सापकोटा


काठमाडौं—नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको बताएका छन् । आज काठमाडौंमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले देशका समस्या समाधानगर्न र जनजीविकाका विषयमा सरकार पूर्ण रूपमा असफल भइसकेको बताए । दुईतिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण ढंगले अध्यादेश ल्याएको उनको आरोप छ । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उनको दाबी छ ।सापकोटाले संसद् ढिलो बोलाउने र विधेयकलाई फास्टट्र्याकमा लैजाने कुराले सरकार अत्तालिएको देखिएको जिकिर गरेका छन् । उपाध्यक्ष सापकोटाले विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवादगर्न आफ्ना सांसदलाई निर्देशनदिएको बताए।