काठमाडौँ – ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर–७ मा सुमो दुर्घटना भएको छ । ना. १ ज ६४२१ नम्बरको सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको ओखलढुङ्गाका डीएसपी कृष्ण खड्काले बताए ।
सुमो खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।
दुर्घटनामा ५६ विर्षीय माया देवी गुरुङ उहाँको छोरा २८ वर्षिय पुजन गुरुङ र उहाकी बहिनी ४५ वर्षिय तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
प्रतिक्रिया