Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

मधेश केन्द्रित ८ दलको वार्ता समितिको बैठक बस्दै


 मधेश केन्द्रित आठ दलको वार्ता समिति सदस्यहरुको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले जानकारी दिए ।

मोर्चा बनाउने तयारीमा जुटेका मधेश केन्द्रित राजनीतिक दलहरूले यसअघि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेका थिए । उक्त निर्णयअनुसार आजसम्म दलहरुले कार्यदल सदस्यहरुको नाम पठाइसक्नुपर्नेछ ।

आजको बैठकमा कार्यदलका सदस्य टुंग्याउने र मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने नेताहरुले जनाएका छन् ।

जसपा नेपाल, जसपा,  जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मोर्चा बनाउने तयारी गरेका छन् ।