हरियो साग र तरकारीमा विषादीको प्रयोग बढ्दा मानव स्वास्थ्यमासमेत गम्भीर असर पर्न सक्ने खतरा बढेर गएको छ । गत मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको अनुगमनका क्रममा केही तरकारीमा विषादीको अवशेष मापदण्डभन्दा अधिक भेटिएको थियो । जुन मानव स्वास्थ्यका लागि घातक मानिन्छ ।
हामीले दैनिक रुपमा खानासँगै विष पनि खाइरहेका छौँ भन्दा तपाईं आश्चर्यमा पर्नु हुन्छ? तर यो सत्य हो । गत मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको अनुगमनमा केही तरकारीमा विषादीको अवशेष मापदण्डभन्दा अधिक भेटिएको थियो ।
नियमित विषादी परीक्षणका क्रममा हरियो साग र सिमीमा इन्जाइम इन्हिविसन विषादीको अवशेष ४२ प्रतिशतसम्म पाइएको थियो ।जुन खानका लागि अयोग्य मानिन्छ । मापदण्डभन्दा बढी प्रतिशतमा इन्जाइम इन्हिविसन देखिनु भनेको तरकारीमा विषादी धेरै प्रयोग भएको छ भन्ने हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विषादीको अवशेष ३५ प्रतिशतभन्दा कम रहेको तरकारी तथा फलफूल उपभोग योग्य हुने मापदण्ड तोकेको छ । ३५ देखि ४५ प्रतिशतसम्म रुकावट देखिएमा केहीदिन राख्ने र पर्खनेगरी त्यस्ता तरकारी तथा फलफूललाई क्वारेन्टाइनमा राख्ने गरेको छ । तर, यो मात्रा ४५ प्रतिशतभन्दा बढी भए उपभोग गर्न पूर्ण अयोग्य हुने र त्यसलाई बिसर्जन नै गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । कालीमाटी फलफूल तथा तरकारी केन्द्रमा लामो समय तरकारीको व्यापार गरिरहेका एक व्यापारीलेसम्बन्धित निकायले व्यापारीको पसलमा आएर विषादीको परीक्षण गर्दैमा यसको औचित्य र अनुगमनको प्रभावकारिता नदेखिने बताए । भेटेनरीका व्यापारी र कृषकलाई नै सचेत नगराई विषादी प्रयोगमा कमी नआउने उनको भनाइ छ । तरकारी उत्पादन हुने क्षेत्रबाटै विषादीको प्रयोग हुने भएकाले व्यापारीको पसलमा मात्र कडाइ गरेर नहुने उनले बताए ।
उपभोक्ताहरुले ताजा तरकारी खोज्ने हँुदा विषादी प्रयोग गर्नु बाध्यता भएको कृषक बताउँछन् । विषादी प्रयोग भएका तरकारी झट्ट हेर्दा ताजा जस्तो देखिन्छन्, जुन तरकारीमा उपभोक्ताको नजर पनि छिटो पुग्छ । विषादी कम प्रयोग भएका तरकारी किराले खाएका तथा ओइलिएका हुन्छन् । जुन बिक्री गर्न निक्कै मुस्किल पर्नेउनीहरुको तर्क छ । यसतर्फ पनि स्वयम् उपभोक्ताहरु पनि सचेत हुनु पर्ने उनीहरु बताउँछन् ।
लामो समय देखि कृषी पेशा अवलम्वन गर्दै आएका कृषक जित बहादुर बुढाथोकीका अनुसारसरकारले आफुहरुलाई निश्चित मूलय नै निर्धारण नगरिदिएको बताउछन् । बजारमा उत्पादन गरेका फसलको उचित मूल्य पाउनै मुस्क्लि पर्छ । हात जोडेर किनिदिन आग्रह गर्नु पर्छ उनि आफ्नो गुनासो सुनाउछन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका कृषि शाखा प्रमुख गोमा खतिवडाले स्थलगत अनुगमनका क्रममा किसानले नै तरकारीमा विषादी प्रयोग गर्न कडा विषादीको माग गर्ने गरेको कृषि प्राविधिकबाट खुलेको बताइन् । छिटो प्रतिफल पाउने लोभमा उच्च विषादी प्रयोग गर्ने गरेको सुनाउछन् ।
इन्जाइम इन्हिविसन मापदण्डभन्दा बढी देखिनु तरकारी तत्काल खान योग्य छैन भन्ने नै हो । तर केहीदिन होल्ड गरेर सो तरकारी खान मिल्छ । निश्चित समय राखेपछि विषादीको मात्रा स्वतः घटेर जाने बरिष्ठ बाली संरक्षण अधिकृत द्रोणबहादुर बुढाथोकी बताउँछन् ।
तरकारीमा प्राय विषादी प्रयोग हुने हुँदा बजारबाट खरिद गरे पछि तत्काल नपकाई केही घण्टा खुला ठाउँमा राख्ने रपकाउनै परे नुन पानी र भिनेगरले पखालेर मात्रै पकाउनु पर्दछ । यसो गर्दा केही मात्रामा विषादी कम हुने प्रधानमन्त्री कृषि परियोजनाका प्रमुख चुडामणि भट्टराई बताउँछन् ।
तरकारीमा भएको चरम विषादीप्रयोगले मानव स्वास्थ्यमा पारेको प्रतिकूल असरले विभिन्न घातक रोगहरु समेत देखिन थालेको छ । शरीरलाई तागत दिने र तनदुरुस्त बनाउने हरियो साग र तरकारीमा नै उच्च विषादीको प्रयोगले मानिसमा घातक रोगहरु देखा पर्नुका साथै आयुसमेत कम हुँदै गएको वैज्ञानिक तथ्यले देखाएको छ । दैनिक भोजन कै रुपमा खाइरहेका तरकारीमा देखिएको विषादीले हामीले विष खाइरहेका छाँै भन्ने प्रमाणित गरेको छ । यस तर्र्फ नेपाल सरकार र सम्वन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।
प्रतिक्रिया