Breaking

भ्रष्टाचार नियन्त्रण हुनैपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन्।
आजबाट काठमाडौंमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने उल्लेख गरेका छन् ।प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको बताए । उनले आफ्नो श्रीमती (राधिका शाक्य) को नाममा स्वीट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति समेत जनाएका छन् । प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा राखेर र इमान्दार भएर काम गर्ने बताए ।