Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

एन्फा महिला लिग : एपीएफ बन्यो च्याम्पियन


काठमाडौं— विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।

एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो । लिगभर उत्कृष्ट प्रदर्शन गर्दै आएको एपीएफलाई पुलिसले पहिलो हाफमा गोलरहित बराबरूिमा रोकेपनि दोस्रो हाफमा भने एपीएफले ३ गोल ग¥यो । सुपर लिगमा एपीएफले उत्कृष्ट प्रदर्शन गर्दै सबै ८ खेल जितेको थियो । शीर्ष स्थानमा रहेको एपीएफले क्वालिफायर वानमा आर्मीलाई हराएर सिधै फाइनलमा प्रवेश गरेको हो । एपीएफले सुपर लिग र प्लेअफमा गरी ९ खेल खेल्दा सबैमा जित हात पारेको थियो । जसमा एपीएफले कूल ४५ गोल गर्दा जम्मा ४ गोल मात्र व्यहोरेको थियो ।