राजनीति

लगानीको सहज वातावरण बनाउन सरकारले कानून ल्याएको छ : देउवा


काठमाडौं—नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्दा मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसकेको बताएका छन् । आज पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको बताए । सभापति देउवाले गाउँ—गाउँमा स्थानीय उद्यमशिलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने बताए । उनले पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताए ।