Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

पिके गेलेक दाग्यर्लिङ छोक्पाको अध्यक्षतामा छिरिङ शेर्पा सर्वसम्मत


काठमाडौँ – पिके गेलेक दाग्यर्लिङ छोक्पा गोलीको छैटौँ अधिवेशनबाट अध्यक्षतामा छिरिङ शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

ओर्गेन साङाक छोलिङ गुम्बाका प्रमुख लामा लामा तेन्जिङ ठिले शेर्पाको प्रमुख अतिथ्यतमा राजधानीमा शनिबार भएको छोक्पाको १३औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट छिरिङ शेर्पाको अध्यक्षतमा १७ सदस्य नयाँ कार्यसमिति चयन भएको छोक्पाका निवर्तमान सचिब आङ छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा दावा छिरी शेर्पा, उपाध्यक्षमा ङिमा शेर्पा र छाप्ते शेर्पा, सचिवमा आङ ङवाङ शेर्पा, सह(सचिवमा लाक्पा शेर्पा, कोषाध्यक्षमा आङ कामी शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा लेक्की शेर्पा, मिङमा शेर्पा,ल्हमु शेर्पा, छिरिङ डोमा शेर्पा,फुर्वा शेर्पा लामा, जिमि साङ्गे शेर्पा, पासाङ तेम्बा शेर्पा, दावा शेर्पा, र काजी शेर्पा निर्वाचित हुनुभएको छ ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन लोपोन तेन्जी शेर्पाले गर्नुभएको थियो । पिके गेलेक दाग्यर्लिङ छोक्पा २०६८ सालमा स्थापना भएको हो । पेशा, व्यवसाय वा अध्ययनका लागि सोलुखुम्बुको गोलीदेखि काठमाडौँ आएर बसेका शेर्पा समुदायलाई एकीकृत गर्ने र एक अर्कामा सहयोग गर्ने पवित्र भावना लिएर यो संस्था गठन भएको थियो ।

सस्था स्थापना भएको १३ वर्षको अवधिमा गाउँको भाषा, सस्कृति र परम्परालाई समेत जोगाउन र युवापुस्तालाई पनि थप जिम्मेवार बनाउन केही हदसम्म भए पनि सफल र एक प्रकारको सन्तुष्टिसमेत मिलेको पिके गेलेक दाग्यर्लिङ छोक्पाका निवर्तमान अध्यक्ष फुर्वा गेल्जेन शेर्पाले बताउनुभयो ।


संस्थाको संस्थापक सदस्य, आजिवन, केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न अधिवेशनबाट संस्थाको कार्यप्रगति प्रतिवेदन, कोष प्रतिवेदन साथै संस्थाको आगामी योजनाहरू सर्वसम्वतले पारित गरेको छ ।