Breaking

८४ मंसिरमा मात्रै सरकार ढल्छ : प्रधानमन्त्री ओली


काठमाडौं—नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ०८४ मंसिरमा मात्रै सरकार ढल्ने जिकिर गरेका छन् । उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे ।