Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

अखिल क्रान्तिकारीको विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको मतगणना पेरिसडाँडामा गर्ने सहमति


काठमाडौँ – अखिल क्रान्तिकारी विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना पार्टी मुख्यालय पेरिसडाँडामा गर्ने सहमति भएको छ ।
मतदानस्थल बाल्मीकि क्याम्पसमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने विवाद चलिरहेको बेलामा पेरिसडाँडामै लगेर गणना गर्ने सहमति भएको अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष केशव रावलले बताए ।

उनका अनुसार बाल्मीकि क्याम्पसबाट मतपेटिका पेरिसडाँडा लैजाने तयारी भइरहेको छ । यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो । पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका अध्यक्ष उम्मेदवार हेमन्त राई समूहले मतदानस्थलमै गणना हुनुपर्ने अडान लिएको थियो ।