काठमाडौं—सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा साँझ ५ बज बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा आगामी १८ गतेबाट बस्ने संसद् बैठकको तयारी, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ । अन्य एजेन्डाबारे जानकारी गराइएको छैन । सचिवालयका अनुसार दिउँसो १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिकाको भवन उद्घाटनमा सरिक भएर प्रधानमन्त्री ओली गठबन्धनको बैठकमा सहभागी हुनेछन् ।
Breaking
प्रतिक्रिया