Breaking

रवि लामिछाने एक करोड धरौटीमा रिहा


काठमाडौं—बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीले आदेश गरेको छ। तत्काल प्राप्त प्रमाणले उनलाई निर्दोष मान्न नमिल्ने भन्दै न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो। अदालतको आदेश सँगै आजै धरौटी रकम बुझाएर रवि लामिछाने छुट्ने तयारीमा रहेका छन् । यसअघि सहकारी ठगीकै अभियोगमा रवि लामिछाने कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौँ जिल्ला अदालतमा ६० लाख रूपैयाँबुझाएर रिहा भएका थिए । अब रवि लामिछानेविरुद्ध चितवन र पर्सा जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरिएको छ ।