काठमाडौं—नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ। एमालेका प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए। उनले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताए।
Breaking
प्रतिक्रिया