Breaking

बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर


काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ ।

आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए ।