ताप्लेजुङ । पाथीभरा क्षेत्रमा ‘नो केवलकार’ भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच भएको झडपका क्रममा घाइते भएका तीनजनाको अवस्था गम्भीर बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन् । गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ ।
फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणाधीन क्षेत्रमा ‘नो केवलकार’ भन्दै आजदेखि संघर्षका कार्यक्रम जारी राख्ने तयारी स्थानीयले गरेका थिए । तर स्थानीय प्रशासनले शनिबारदेखि नै सशस्त्र र नेपाल प्रहरी खटाएको थियो ।
केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आजबाट आन्दोलन गर्ने तयारी गरेको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।
तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको डिएसपी रावलले बताए । डिएसपी रावलका अनुसार नेपाल प्रहरी तर्फ १२ जना घाइते भएका छन् ।
प्रतिक्रिया