Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै, गुटगत आरोप–प्रत्यारोप


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै छ ।

काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा गत शुक्रबार सुरु भएको बैठक एक दिन लम्बिएको हो । बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि लम्बिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठक आज समापन गर्ने तयारी रहेको उनले बताए । जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र सांगठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित सांगठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

जारी बैठकमा महामन्त्री धवलशम्शेर राणाले प्रस्तुत दस्तावेजमा केन्दीय सदस्यहरुले चर्को आलोचना गरेका थिए ।