Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै (के–के छन एजेण्डा)


काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेसुरु हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुनेछ ।

बैठकमा संसदमा दर्ता भएका विधेयक, अध्यादेश लगायतबारे संसदीय दलको एकै धारणा तय गर्ने उनले बताए । यही माघ १८ गते संघीय संसद्को अधिवेशन सुरु हुँदैछ ।

संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ वटा अध्यादेश ल्याएको थियो । संसद् अधिवेशन छलेर सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेस वृत्तबाटसमेत आलोचना भइरहेको छ ।