काठमाडौं—बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुँदै छ । रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आज पीडित पक्षका वकिलले बहस गरेपछि लामिछानेका वकिलको बहस सुरु हुने छ । थुनछेक मुद्दामा सरकारी वकिलको बहस बिहीबार नै सकिएको छ । रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार गोविन्द ज्ञवालीले आज पीडित र लामिछाने तर्फबाट बहस हुने बताउनुभयो । बहस सकिएपछिथुनछेक आदेशमार्फत लामिछाने पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश आउने छ ।
Breaking
प्रतिक्रिया