काठमाडौं—आर्थिक अवस्थाकै कारण औषधि अभावमा रहनु पर्ने अवस्थाको अन्त्यका लागि सरकारले हिमोफिलियाको महँगो औषधि अब निःशुल्क उपलब्ध गराउने भएको छ । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीले अबदेखि निःशुल्क औषधि पाउने भएका छन् ।निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारकालागि बिरामीहरूले सरकारसँग आग्रह गर्दै आएका थिए ।
जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ ।स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले यस औषधिकालागि राज्य कोषमाभार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्तगर्ने मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए । नेपालमा हाल करिब ९०० जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर, विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुननसकेका यस्ता करिब पाँचहजार बिरामी रहेको अनुमान गरेको छ ।०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ प्रतिशतमा हिमोफिलिया भएको हुन सक्ने ठानिएको छ ।
प्रतिक्रिया