काठमाडौं—नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको अध्यादेशलाई स्वागत गरेको छ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न भन्दै एक साथ दर्जन कानून संशोधन गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै महासंघले भूमि सम्बन्धि अध्यादेश निकै सकारात्मक रहेको भन्दै घरजग्गा व्यवसायीहरुले स्वागत गरेका हो ।
उक्त संशोधनमा भूमि सम्बन्धि व्यवस्थालाई पनि परिमार्जन गरेको छ । सरकारको यो सुधारले घरजग्गा व्यवसायीहरुलाई मात्रै नभएर समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको बताए । उनले सरकारले ल्याएको भूमि सम्बन्धि अध्यादेश निकै सकारात्मक रहेको उल्लेख गरे।
प्रतिक्रिया