काठमाडौं—शेयर बजार परिसुचक नेप्से आज उच्च अङ्कले बढेको छ । नेप्से आज ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ४ प्रतिशत भन्दा धेरैले बढेको छ । आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३ सय २२ वटा कम्पनीका १ करोड ७६ लाखकित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै २ महिना यताकै उच्चहो । यसअघि गएको मंसिर १७ गते १०अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।
समाचार
प्रतिक्रिया