काठमाडौं —ल्याटिन अमेरिकी देश कोलम्बियामा राष्ट्रिय सेना र फार्स लडाकु समूहबीचमा भिडन्त भएको छ । भिडन्तमा परेर १०० जनाको मृत्यु भएको छ । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार भिडन्तमा परेर २० हजार बढी विस्थापित भएका छन् । लडाकु समूह फार्सले नियन्त्रण लिन खोजेको क्षेत्रमा सेनाले चलाएको कारबाहीमा यस्तो भएको हो । संयुक्त राष्ट्रसंघले ३० जनाको अपहरण भएको तथा एक हजार जना धरापमा परेको बताएको छ । राष्ट्रसंघले शान्तिको लागि अपिल गरेको छ । भेनेजवेलाको सीमा क्षेत्रको भएको उक्त घटनामा पाँच हजार सेना परिचालन गरिएको छ भने संकटकाल घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया