सीजी मोटर्सले आयनको भी मोडल औपचारिक रूपमा सार्वजनिक गरेको छ। चिनियाँ ब्रान्डको आयनले मंगलबार एक कार्यक्रम गर्दै गाडी सार्वजनिक गरेको हो।
उद्घाटन कार्यक्रमलाई चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले उद्घाटन गरे।कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टले नेपालमा सफलता प्राप्त गरेको बताएका छन्।
आयन भी उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ।
दुई भेरियन्टमा उपलब्ध आयन भीले प्रत्येक यात्राको लागि उत्कृष्ट प्रदर्शन, आरामदायी सुविधाहरू प्रदान गर्दछ। एलीट भेरियन्ट्ले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ, जुन ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रिबाट सञ्चालित छ, जसले उत्कृष्ट कार्यक्षमता र भरपर्दो प्रदर्शन दिन्छ।
आयन भी को मूल्य इलाइटको ६४ लाख ९९ हजार राखेको छ भने लक्जरी भर्जनको ६९ लाख ९९ हजार राखेको छ।
लामो यात्रा चाहनेहरूका लागि, लक्जरी भेरियन्टले ६५० किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्दछ, जसमा यस सेग्मेन्ट्को सबैभन्दा बढी ७५.३ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रि समावेश छ।
लक्जरी भेरियन्ट्मा पहिलो पटक यस सेग्मेन्टको गाडीमा ड्राइभर र को ड्राइभर बस्ने यात्रुका लागि आठ पोइन्ट् मसाज सिट र आर्मरेस्टमा इन–बिल्ट फ्रिज समावेश गरिएको छ, जसले लामो यात्रामा आराम सुनिश्चित गर्दछ। दुवै भेरियन्ट्ले असाधारण प्रदर्शन मात्र नभई, उच्च सुरक्षा सुविधाहरू पनि प्रदान गर्दछ।
प्रतिक्रिया