Breaking

अदालतमा हाजिर भए रवि


काठमाडौँ – रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् ।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधवार कार्यालय खुलेलगत्तै लामिछाने हाजिर भएका हुन् ।उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।

यसको प्रतिवादका लागि केही कानुन व्यवसायीको साथमा मङ्गलवार साँझ नै उनी भैरहवामा आइपुगेका थिए ।सूचना अधिकारी मरासिनीका अनुसार अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ