राजनीति

एमाले सांसदले माओवादी कुट्न खोजे, लेखनाथ किन जंगिए ?


लेखा समितिमा नैतिकताको बहस शुरु भएपछि सभापति ऋषिकेश पोखरेलमाथिको प्रश्न पेचिलो बनेको छ । सभापति पदलाई लिएर सांसदहरुबीच नैतिकताको बहस चलेको हो भने सभापति पोखरेलको राजीनामा नै माग भएको थियो । तर आफ्नै भारले थिचिएका पोखरेल निरीह देखिँदाबैठकसमेत कांग्रेस सांसद अर्जुननरसिंह केसीले सम्हाल्नु परेको थियो ।

प्रतिनिधिसभा अन्तर्गतकोसार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले पाउनुपर्ने बहसकाबीच नैकिताको प्रश्नसमेत जोडिएपछि सभापति ऋषिकेश पोखरेलदबाबमा छन् । मंगलबार बसेको लेखा समितिको बैठकमा सभापति पदलाई लिएर सांसदहरुबीच नैतिकताको बहस चलेको हो । जहाँ चार दलका सांसदहरुले उनको राजीनामा नै मागे ।माओवादीका सांसद जनार्दन शर्मा र लेखनाथ दाहाल,नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पोखरेलको राजीनामा मागेका थिए ।

जहाँसहकारीमा श्रीमती र भ्रष्टाचारमा पीए पनि जोडिए पनि सभापति पदमा बसिरहेको भन्दै पोखरेलमाथि कटाक्ष गरेका दाहालले नैतिक हिसाबले कमजोर भएको तर्क गरे । यहि कारण समिति नै सरकारको लाचार छायाँ भएको आरोप लगाएका उनले समितिले दायित्व बहन गर्न नसकेको, बेरुजु फर्छाैटमा उपसमितिलाई कानुनी अड्चन पु¥याएको भन्दै असुल उपर बेरुजुलाई भ्रष्टाचारकै रूपमा लिनु पर्नेमा जोड दिए ।

यता पोरखेल भने यति दवावमा परेकि उनले बैठक नै सम्हाल्न सक्ने अवस्थामा देखिएनन् । तर्कसहितको प्रश्नले बोल्न नसक्ने स्थितिमै उनी पुग्दा विगतमा माओवादीले समेत सत्तापक्ष भएपनि समितिको सभापति नछोडेको योगेश भट्राईको उदाहरणले काम गर्न सकेन । जनार्दन, अर्जुननरसिंह र रामकृष्ण यादवबीच सवाल जवाफ चलिरहँदा बोलेकाउनले जनार्दन शर्माले मन्त्री पाउने निश्चित भएपछि मात्रै समितिको सभापतिबाट राजीनामा दिएको स्मरण गराएका थिए ।

तर शर्माले सभापतिको परम्परा के थियो हेर्ने र सच्याउनुपर्ने भन्दै लेखा समितिको नेतृत्व प्रतिपक्षको नहुँदा समितिजस्तो नहुने टिप्पणी गरे । लेखा समिति प्रतिपक्षले पाउने हो सत्ता पक्षले राखेर बन्दी जस्तो बनाउन नहुने सांसद शर्माको भनाइ थियो ।

यता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भने माओवादी, एमाले दुवैलाई अन्तर्राष्ट्रिय अभ्यास र संसदीय व्यवस्थाको नैतिकता पढाएका थिए । माओवादी केन्द्र र आफ्नै पार्टीका सभापति भएका बखत पनि त्यो नैतिकता कायम नराखिएको बताएका उनले पोखरेललाई भने मार्ग प्रशस्त गर्न सुझाए । सत्तापक्षको नेता भएको भन्दा नैतिकताको विषयले यो अवस्था आएको जसरी प्रस्तुत भएका उनले माओवादी चोखो पल्टिन नमिल्ने संकेतसहित विगतबाटै परम्परा तोडिँदै गएको भन्दै त्यसलाई सुधार गरी सच्याउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

सभापति पोखरेलमाथि प्रश्न हुने थिएन भने उनी चौतर्फी घेराबन्दीमा पर्ने थिएनन् । अर्थात केसीले पढाएको पाठले तह लगाउने अवस्थामा उनी हुने थिए । तर बोल्ने बाटो नभएपनि निःशब्द बनेका उनीमाथि अब नेतृत्व छोड्ने कि लाचारी देखाइरहने भन्ने अवस्था सिर्जना भएको छ । उनी रहिरहे अबका समिति बैठकसमेत पोखरेललाई खुईल्याउनमै सकिने पक्का हुँदा मंगलबारको बैठकले उजुरी अध्ययन गर्न उपसमिति भने गठन गरेको छ।