एमाले परित्याग गर्दैनेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका वामदेव गौतमफेरि एमालेमै फर्किने तयारीमा छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जान अन्तिम चरणको तयारीमा रहेका गौतम अन्ततः पुरानै माउ पार्टीमा फर्किने भएका हुन् । एकीकृत समाजवादीमा विभिन्न चरणमा वार्ता र छलफल पश्चात पार्टी प्रवेशकोलगभग निश्चित गरेका गौतम एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीसंग नजिक भएका हुन्।
दुई पटक एमाले परित्याग गरेका, आफैँले बोलेको वचन तोड्ने, राजनीतिमा अस्ताउन लागेका सूर्य हुन् वामदेव गौतम । केही वर्ष अघिअब प्रधानमन्त्री बन्ने पालो मेरो हो भन्दैकेपी शर्मा ओलीविरुद्ध बोलेकै कारण एमालेबाट किक आउट भएका गौतम पुनः ओलीको शरणमा पुगेका छन् । शरण पर्न आए बाघले पनि खाँदैन भन्ने नेपालीमा उखान छ । एमाले अध्यक्ष ओली पनि हाल उनीमाथि पार्टी भित्र परेको दबाबलाई ट्याकल गर्ने सिपाहीका रुपमा गौतमलाई उभ्याउने रणनीतिमा देखिन्छन् । हाल एमालेमा फर्किन खुट्टा उचालेर बसेका गौतम १५ दिनअघि माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा जान ठिक्क परेका थिए । एकीकृत समाजवादीसँग एकताका लागि गौतमले पार्टी कार्यालय आलोकनगरमा दुई चरणको वार्ता गरेका थिए भने झलनाथ खनाल बराबरको वरीयतामा जाने लगभग पक्का भएको बताएका थिए ।
वामदेवलेएकीकृत समाजवादीमा जाने बताएको साता दिन बित्न नपाउँदैफेरि एमालेतिर फर्किएका छन् । एकीकृत समाजवादीसँगको एकता बिचैमा छोडेर उनीएमालेमा फर्किनखुट्टा उचालेर बसेका छन् । गौतमले माघ ६ गते बालुवाटर पुगेरै अध्यक्ष ओलीसँग सहमति गर्दै एमालेमा फर्किने निश्चित गरेका हुन् । हाल गौतम दैनिक जसो एमाले अध्यक्ष ओलीसंग भेटघाट र संवादमा हुने गरेका छन् । गत शुक्रबार बालुवाटार पुगेर ओलीसँग छलफल गरेका थिए । शनिबार पनि टेलिफोन संवाद गरेर निःशर्त एमालेमा जान तयार भएको बताएका थिए । गौतम एमाले फर्किने निश्चित भएपछि उनी नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका चार जना उपाध्यक्षले भने नेकपा (माओवादी केन्द्र) मा जाने निर्णय गरेका छन् । उनीहरुले गौतमको पछि लागेर आफूहरु एमालेमा नजाने बताएका छन् ।
गौतम २०७८ मा नेकपा एकता राष्ट्रिय अभियानको नाममा एउटा समूह लिएर एमालेबाट अलग भएका थिए । उनको अभियानले ओली, प्रचण्ड र माधवलाई एक ठाउँमा ल्याउनपहल गर्ने दाबी गरिएको थियो । तर उनको एकता अभियान नाममा मात्र सीमित भयो । २७ वर्षअघि ०५४ सालमा एमाले विभाजनको नेतृत्व गरेका गौतमले पार्टी एकता अभियान सञ्चालन गर्ने भन्दै दोस्रोपटक एमाले परित्याग गरेका थिए । त्यसो त गृहमन्त्री भएका बेला प्रहरी संगठनलाई राजनीतिकरण गरेको आरोप पनि उनीमाथि छ ।
तीनपटकसम्म उपप्रधानमन्त्री र गृहमन्त्री बनेर सरकारमा रहँदा पनि उनले आफ्नो छवि सुधारका साथै लोकप्रियता भने कमाउन सकेनन् । पहिलोपटक २०५३ सालमा उपप्रधान तथा गृहमन्त्री भएका बेला तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई प्रहरी प्रमुख बनाएका थिए । गृहमन्त्रीका रूपमा रहँदा नेपाल प्रहरीमा चरम गुटबन्दीको सूत्रपात गराउने अपजस गौतमलाई नै जाने गरेको छ ।
पार्टी राजनीतिसँगै साङ्गठनिक कुशलता भएका गौतम सिद्धान्त र विचारको मामिलामा पनि चासो राख्ने नेताका रुपमा परिचित थिए । २०५१ सालमा एमाले सरकारमा जाँदा उपमहासचिव भएका गौतम आठौँ र नवौँ महाधिवेशनमा लोकप्रिय मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए । ५० को दशकमा कम्युनिस्ट राजनीतिमा लोकप्रिय गौतम२०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएका थिए । गौतमले डोल्पाका तत्कालीन सांसद धनबहादुर बुढा र काठमाडौं– ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर सांसद हुन अधिक जोडबल गरे पछि उनलाई तत्कालीन नेकपाले प्रतिनिधिसभा चुनाव हारेपनि राष्ट्रियसभा सदस्य बनाएको थियो ।चुनावमा हारेर पनि राजनीतिक प्रभावको दुरुप्रयोग गरेर राष्ट्रिय सभा सदस्य बने पछि गौतम जनताको नजरमा गिरेका थिए ।
त्यस्तै राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गरिनु पर्ने भन्दै उनले नाजायज दबाब बढाएका थिए । यसले गौतमलाई अलोकप्रिय र सत्तालोलुप नेताका रूपमा चित्रित ग¥यो । पछिल्लो समय दलविहीनगौतम पुरानै पार्टी एमालेमा फर्किने पक्कापक्कीसँगै पार्टी राजनीतिमा सक्रिय हुने भएका छन् । तर, उनको यो पुनरागमनले एमालेलाई थप मजबुत र शशक्त बनाउँछ वा भाँडभैलो मच्चिन्छ ? त्यो भने निकट भविष्यले निर्धारण गर्ला ।
प्रतिक्रिया