राजनीति

रास्वपाको ‘ड्यामेज कन्ट्रोल’, रविको क्रेज झनै बढ्यो, सफल हुनुका १० कारण


छोटो समयमै राष्ट्रिय राजनीतिमा स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले नेतृत्वमाथिको प्रहार भोगिरहेको छ । केही सरकारको प्रतिशोध र केही रवि लामिछानेकै गल्तीका कारण यो अवस्था बन्दा पुराना दल यसलाई विकल्प माथिको प्रश्न बनाइरहेका छन् । जहाँ रविले कसुर गरेको अदालतमै पनि स्वीकार्दा किन घटेन त रास्वपाको क्रेज ?


नेतृत्वमाथि नै प्रश्न उठेपछि पार्टीसमेत धरापमा पर्ने विश्लेषणकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वतः ड्यामेज कन्ट्रोल गर्न सफल देखिएको छ । धरौटीमा छुट्दासमेत रविप्रति देखिएको सहानुभूति र रास्वपाप्रति सामाजिक सन्जालमा देखिएको क्रेजलेसमेत यसलाई पुष्टि गरेको छ । विशेषत अदालतको आदेशमा नै रविलाई कसुरदार होइनन् भन्न नसकिने प्रष्ट उल्लेख हुँदासमेत उनीमाथि राजनीतिक प्रतिशोध साँधिएको भाष्य जबरजस्त बनेको छ । फलतः सहकारी जस्तो देशव्यापी र हजारौँ नागरिक प्रताडित भएको काण्डमा जाकिँदासमेत सरकारको कदमले रविलाई नै अझ नेता बनाएको विश्लेषणसमेत हुन थालेको छ । आखिर के कारणले रवि र रास्वपाको क्रेज अझै बढ्यो त ?

१.सत्ता पक्षले आफ्ना नेता जोगाउँदा रविलाई फाइदा

रवि लामिछानेविरुद्ध प्रसस्त प्रमाणहरु भएपनि सहकारी ठगीमा उनलाई फसाइँएको तथ्य स्थापित हुँदै गएको छ । जसमा उस्तै मुद्दामा कांग्रेसका उपसभापति धनराज गुरुङले छुट पाउनु,एमाले नेता ऋषीकेश पोखरेलकी श्रीमती अन्जलाको मुद्दा फाष्टट्राकमा जानुजस्ता कारणले मुख्य भूमिका खेल्यो । जहाँ फरार भनिएकी अन्जला त अदालतमै उपस्थित भइन् भने सोहि दिन धरौटिमा छुटिन् । यता मानवतस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई समेत महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने बतायो । जसले रविप्रति सहानुभूति देखाउनेहरु अझ बढे ।

२.प्रहरीले देखाएको रवाफ

रवि पक्राउ परेपछि प्रहरीले देखाएको व्यवहार होस् कि उनी गृहमन्त्री हुँदा र अहिले महानिरीक्षकले नै फरक फरक व्यवहार गरेको विषय होस । यसले रविलाई नै फाइदा गरेको छ । जसमा राताराता चितवनबाट पोखरा अड्डासार गरिएको प्रकरणले सेलाइसकेको रास्वपालाई मुद्दा मिल्दा प्रहरीकै कमजोरीका कारण रवि लामिछाने सुतिरहेको देखिने सिसिटीभीबाट खिचिएको फोटोसमेत बाहिरिएको थियो । यसले समेत रविमाथि सरकार नै लागेको भाष्यलाई बल पुर्यायो ।

३.सरकारी वकिल कार्यालयको व्यवहार

रविको मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले नै पनि महान्यायाधिवक्ताको कार्यालयको सहयोग माग्यो । जसले प्रमाण नपुगेपनि दवाव बढाउने बाटोमासरकारी वकिल कार्यालय लागिपरेको आक्षेप लाग्यो । अर्कातर्फ काठमाडौँमा त सरकारी वकिलको कार्यालयले यो मुद्दा संसारकै संवेदनशील भएजसरी कार्यालय नै खाली गराएर अधिवक्ताको फौज नै अदालतमा उतार्यो । यसले पनि रविप्रति सहानुभूति राख्नेलाई अर्को कारण मिल्यो ।

४.सदनमा दाबी गरिएको प्रमाण नै अदालतमा ग्रहणयोग्य नहुनु

रविका कारण बरु पुराना दलका नेता बद्नाम भए । सबैभन्दा मारमा गृहमन्त्री रमेश लेखक र कांग्रेस महामन्त्री गगन थापा परे । किनभने उनीहरुले यो हो प्रमाण भन्दै संसदमा देखाएको कागजको ठेली नै सम्बन्धित निकायमा पेश गर्न सकेनन् । प्रहरीले केहि नयाँ प्रमाण फेला पारे पनि खै तिमीहरुको प्रमाण भन्दै रास्वपा शुभेच्छुकले प्रश्न गर्ने ठाँउ पाए ।

५.पुरानाप्रति वितृष्णा र आफ्नो एजेण्डा स्थापित गर्न नसकेको अवस्था

मुख्य कुरा त पुरानाले भन्दा बरु रविले सहकारीमा ठगेछन् भनेपनि पछि काम गर्लान् भन्ने भाष्य नै बलियो देखियो । जहाँ पुरानो फाइल नै हराएको भन्दै रुपन्देहीमा मुद्दा दर्ता गर्न ढिलाई भएको थियो । यसले सरकारी संयन्त्रको कमजोरी प्रष्ट हुँदा रविमाथिको कारबाहीले सहकारी ठगी प्रकरणमा कारबाहीको नयाँ चरण शुरु भएको एजेण्डा नै सरकारले स्थापित गर्न सकेन ।

६.माओवादी जस्ता दलले बोकेर गरेको राजनीति

रविलाई विपक्षीले समेत मसला बनायो । विशेषतः पक्राउ पर्ने दिनदेखि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसलाई विपक्षी एक पार्न सकिने मुद्दा बनाए ।

७.पूर्वप्रधानन्यायाधीशदेखि कांग्रेसकै इतर समूहले बोक्नु

रविलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीदेखि कांग्रेस इतर पक्षकै साथ मिल्यो । रविविरुद्ध मानवअधिकार विरुद्धको कार्य भएको भन्दै बहस शुरु हुँदा डा.शेखर कोइरालालेसमेत यसमा प्रश्न उठाएका थिए । त्यस्तै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्राईदेखि राप्रपाका जल्दाबल्दा नेता ज्ञानेन्द्र शाहीसम्मको साथलेसमेत रवि फाइदामा परे ।

८.रास्वपाका सांसदहरुको सफलता

विशेषतः रास्वपाका सांसदहरुले पदनै दाउमा राखेर सर्वोच्चको मुद्दाखेप्दैरविविरुद्ध प्रतिशोध रहेको स्थापित गर्न सफल भए । सानो मुद्दा पाउनासाथ त्यसैलाई एजेण्डा बनाएर अघि बढ्ने उनीहरुको रणनीतिको एउटै उद्देश्य रवि पक्राउले सहकारी समस्या समाधान नहुने भन्ने स्थापित गराउनु नै थियो । जसमा उनीहरु केहि हदसम्म सफल हुँदासहकारी पीडितका मुद्दा नै ओझेलमा परे जहाँ रविप्रतिको सहानुभूति भने चुलियो ।

९.मुलप्रवाहका सञ्चारमाध्यम आ–आफ्नै व्याख्यामा उत्रिनु

रविको क्रेज कायम रहनुमा मिडियाको दोहोरो भूमिकासमेत एक कारण रहेकोमा दुईमत छैन । तथ्यमा बोल्नेभन्दा कसैलेबोक्ने र कसैले खुईल्याउने गर्दा रविबारे साझा धारणा बन्न सकेन । फलतः उनीविरुद्धका प्रमाणहरु छापिदासमेत धेरैले विश्वास नै गरेनन् ।

१०.वकिल नै कुटिँदा पनि रास्वपाले गरेको चलाखी

रविविरुद्ध सहकारी ठगीको मुद्दाका सवालमा पीडितको पक्षबाट वकालत गरेकै कारण वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिए । यसलाई रास्वपासँग जोडेर राजनीति गर्न खोजिएपनि रास्वपाले नै पहिले विज्ञप्ति निकालेर यस्ता कार्य निन्दनीय रहेको प्रष्ट पार्यो । आक्रमणकारी जो सुकै भएपनि कारबाही हुनुपर्ने माग राख्दै रास्वपाले सेफ साइड लिँदा आक्रमणकारीको पुष्ठभूमीसमेत कांग्रेससँगै जोडियो ।

यसबाहेकबयानका नाममा पाँच जिल्ला घुमाइएको विषयमै पनि रविप्रति माया देखाउनेहरु धेरै थिए । त्यस्तै सम्पत्ति शुद्धीकरणजस्तो मुद्दा लगाइनु र त्यसबारे फरक फरक धारणा व्यक्त हुनुले समेत रविको क्रेज पुरानाले चाहे जसरी घटेन । अर्थात केही समय नेतृत्वविहीनता भोगेपनि रविका लागि यो आगामी राजनीतिका लागि पोर्टफोलियो नै बनेको भन्दै विश्लेषणसमेत भइरहेको छ । यद्यपि खोरमा थुनिँदैमा बाघ स्याल नहुने रविकै गर्जन भने सोही अवस्थामा कायम छैन ।