Breaking

दुर्घटनामा मधेशका स्वास्थ्यमन्त्री सिंह घाइते, छानबिन समिति गठन


 जनकपुरधाममा दुई सरकारी गाडी आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन् ।

सोमबार राति करिब साढे ९ बजे रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीमा प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको बताइएको छ ‌। दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ ।

मन्त्री सिंहलाई अस्पतालमै पुगेर मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य लाभको कामना गरे । उनले मन्त्रीजीकाे स्वास्थ्य स्थिति खतरामुक्त रहेकाे र घटनाबारे छानबिन गर्न धनुषा प्रहरीले डिएसपीकाे नेतृत्वमा छानबिन समिति गठन गरेकाे बताएका छन् ।

मन्त्री सिंहको गाडीमा ठक्कर दिने गाडी खानेपानी डिभिजन पर्साको रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।