काठमाडौँ – स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद पोखरेलमा इजलासमा भएको छुनछेक बहसको क्रममा छविलाई ५० लाखमा छाड्न आदेश दिइएको हो । छवि आइतबार अदालत उपस्थित भएका थिए । आफू धरौटी बुझाएर छुटिसकेको भन्दै उनले छिट्टै रुपन्देही हाजिर हुन जाने बताए ।
यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की अदालतले छविलाई ८८ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् ।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि भने स्वर्णलक्ष्मी सहकारीको मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
रवि-छविसहितलाई हिजो सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतमा अर्को मुद्दा दायर भएको छ ।
प्रतिक्रिया