Breaking

डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै


काठमाडौं—अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै छन् । शपथग्रहण समारोहमा विश्वका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । शपथअघि ट्रम्पले अमेरिकाको वाशिंगटन डीसीको रंगशालामा आफ्नो विजय ¥यालीमा समर्थकहरूलाई सम्बोधन गरेका छन् । आफ्नो राष्ट्रपति पदको पहिलो दिनमा धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना बनाएको बताउँदै उनले आफनो कार्यकालमा अमेरिकी जनताको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ट्रम्पले आफ्नो नयाँ सल्लाहकार निकाय, डोगे (सरकारी दक्षता विभाग) को प्रचार गर्दै गर्दा एलोन मस्कले पनि छोटो सम्बोधन गरेका छन् । राष्ट्रपतिको शपथका लागि आज वाशिङटन डीसीमा भव्य तयारी गरिएको छ । जसमा हजारौं ट्रम्पका समर्थकहरू भेला भएका छन् ।

शपथग्रहण समारोह भोली सम्पन्न हुनेछ । शपथ ग्रहण समारोह समितिले सो समारोहका लागि हालसम्मकै सर्वाधिक उच्च रकम अर्थात् १७ करोड अमेरिकी डलर संकलन गरिसकेको छ । समारोहका लागि दश लाख डलर वा सोभन्दा बढी चन्दा दिने चन्दादाताहरु राष्ट्रपति तथा नवगठित मन्त्रिपरिषद्का सदस्यहरुसँगै चियापान तथा भोजमा सामेल हुनेछन् ।