अन्तर्राष्ट्रिय

कोलम्बियामा विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु


काठमाडौं —कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी (ईएलएन) का लडाकूहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया (फार्स) का विद्रोहीहरूविरुद्ध उत्रेका छन्। भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा पछिल्लो आक्रमणपछि भएको भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको अधिकारीहरूले बताएका छन् । प्रतिद्वन्द्वी समूहहरूले वर्षौँदेखि यस क्षेत्रमा कोकिनको व्यापार नियन्त्रणका लागि लडाइँ गर्दै आएका छन् । कोलीम्बयामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो ।