Breaking

दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कालोपट्टी बाँधेर कानुन व्यवसायीद्वारा प्रदर्शन


काठमाडौं —वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरुद्धमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरुले विरोध जनाएका छन् । आज नेपाल बार एशोसिएशनको परिसरमा कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । काठमाडौं जिल्ला अदालमा सहकारी ठगी प्रकरणबारे बहस गरेर बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो । विरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुद्दाको बहस सकेर फर्किने क्रममा अदालत परिसरमै कानून व्यवसायीहरुमाथि आक्रमण हुनुले कानून व्यवसायी असुरक्षित रहेको प्रमाणित भएको र कानूनी दायरा फराकिलो बनाउनुपर्ने माग गरेका छन् । लोकतन्त्रमा पेशा, व्यवसाय गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने बताए ।