काठमाडौं —बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आज मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयका अनुसार मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।
यसैबीच, पूर्व डीआईजी छविलाल जोशी काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छन् । जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएको एक सातापछि उनी आज काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हुन् । काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता छ । उनीविरुद्ध सरकारी वकिलको कार्यालयले ५ लाख ७८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै अभियोग पत्र दायर गरेको छ । उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ ।।
प्रतिक्रिया