Breaking

पूर्वमन्त्रीसहित दुई जनालाई निष्कासन गर्न एमालेको सिफारिस


काठमाडौं । नेता भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको छ ।

नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।

एमाले कैलाली सचिव ममता प्रसाद चौधरीका अनुसार शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकबाट उनीहरूलाई कारबाही गरेको हो ।

पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जिल्ला सचिव चौधरीले जानकारी दिनुभयो ।