Breaking

इजरायल–हमास युद्धविराम सम्झौता आजदेखि कार्यान्वयनमा


काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ ।

इजरायलको मन्त्रिपरिषदले दुई मन्त्रीको विरोधका बीच युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि कार्यान्वयनमा आएको हो ।अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने छ ।

यसअवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात सय मिटर पछि हट्ने छन् ।

युद्धविराम सम्झौता कार्यान्वयनको निगरानीका लागि इजिप्ट, अमेरिका, कतार र इजरायलका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरिएको छ ।