काठमाडौं —मोरङको सुन्दरहरैँचामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गएराति छावासहित बस्ती पसेको हात्तीको आक्रमणबाट सुन्दरहरैंचा नगरपालिका–८ का७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको हो ।जिल्लाप्रहरी कार्यालय मोरङका अनुसार मध्यरातमा हात्तीआएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी घिमिरेको मृत्यु भएको हो ।
बच्चासहित आएको माउ हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै ज्यानगएको थियो ।यसअघि गत पुस १५ गते पनि सुन्दरहरैँचा नगरपालिका–५ स्थित नमुना सामुदायिक वनमा स्थानीय गुरुङ टोल बस्ने ६० वर्षीया चन्द्रकुमारी लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । पछिल्लो समय सुन्दरहरैँचा आसपासको क्षेत्रमा जंगलीहात्तीको आतंकबाट स्थानीय त्रसित छन् ।।
प्रतिक्रिया