काठमाडौँ – आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ ।
यस विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।
नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।
प्रतिक्रिया