Breaking

सिंहदरबारमा चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल


काठमाडौँ – थाइल्यान्डबाट एक नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । उनलाई शुक्रबार (आज) नेपाल फर्काइएको थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासका अनुसार, उनी आकर्षक रोजगारीको प्रलोभनमा परी लाओसको गोल्डन ट्रयांगल पुगेका थिए । त्यहाँ उनलाई गैरकानुनी काम गर्न बाध्य पारिएको थियो । त्यसपछि उनी त्यहाँबाट भागेर थाइल्यान्ड छिरेका थिए । थाइल्यान्ड छिरेपछि उनलाई थाई सरकारी निकायको सहयोगमा नेपाल फर्काइएको हो ।

“नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुनविपरीत छिटो धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ,” नेपाली दूतावासले विज्ञप्तिमार्फत भनेको छ ।