काठमाडौं— सुनको भाउ बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । नेपाली बजारमा सुनको भाउ आज शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन १ हजार ३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार तोलामा १ हजार २ सय बढेर तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो । बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार चाँदी १० ले बढेर तोलामा १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । हिजो बिहीबार ८० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
समाचार
प्रतिक्रिया