काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुर गएका हुन् । राष्ट्रपति पौडेल मकवानपुरको बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिएका छन् । हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे निजगढ पुगेर जानकारी पनि लिएका छन् । राष्ट्रपतिको भ्रमणलाई लिएर मकवानपुर र बारामा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो ।
समाचार
प्रतिक्रिया