राजनीति

विपक्षी दलहरूको बैठक बस्दै


काठमाडौं — विपक्षी ६ दलको बैठक आज बस्दैछ। बैठक आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा बस्ने छ। सरकारको कामकारबाही प्रति असन्तुष्ट रहँदै आएका विपक्षी दलहरू पछिल्लो पटक सरकारले अध्यादेश जारी गरेपछि थप रूष्ट छन्। यसअघि, गत बुधबार विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

बैठकले सरकाले सदन छलेर अध्यादेशमार्फत् शासन गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेको थियो। यस्तै, महंगी र भ्रष्टाचार बढेकोमा विपक्षी दलहरूले चिन्ता जनाएका छन् । आज यसै विषयमा छलफल गर्ने र साझा धारणामा रूपमा पत्रकार सम्मेलन गर्न लागिएको नेताहरूले बताएका छन् ।माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायत दल विपक्षमा छन्।