काठमाडौं — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले कोप–२९ मा नेपालका हिमाल र पर्वत तथा जलवायु परिवर्तनले पारेका असरहरुको बारेमा अन्तरर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भएको बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले उठाएका विषयहरुले विश्वको ध्यान केन्द्रित भएको उनको भनाइ छ । बिहीवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले पहिलो पटक पर्वतीय मुद्दाका एजेण्डामा कोपमा सहमत भएको बताए ।
उनले नेपाल र विकासशील राष्ट्र किर्गिस्तान समेतको पहलमा माउण्टेनबेस एक्शन र तिनको आवधिक प्रतिवेदन गर्नुपर्ने विषय पेस भएको र अर्को कोपमा टुंगो लाग्ने गरी अगाडि बढेको उल्लेख गरे । उनले पेरिस सम्झौताको धारा ६ को पूर्णकार्यान्वयन जानेगरी निर्णय भएको हुँदा नेपालको अन्तर्राष्ट्रिय कार्बन व्यापारमा सहज पहुँच भई लाभ लिनसक्ने अवस्था सिर्जना भएको समेत बताए ।
प्रतिक्रिया