समाचार

९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी


काठमाडौं —खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन् ।
आज राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री यादवले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पु¥याइसक्ने घोषणा समेत गरेका छन् । अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने गरी काम गरिरहेको जानकारी दिए ।