जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारी ९सीडीओ०का सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन् ।
हात र औँलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका निम्ति पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार, तिवारीको अवस्था खतरामुक्त छ ।
हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएको छ । तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए ।
विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए ।
प्रतिक्रिया