काठमाडौं जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले आदेश दिएपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेस गरेपछि हिरासतमुक्त भएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अनियमितताको मुद्दामा रास्वपा सभापति रवि लामिछाने विगत चार दिनदेखि काठमाडौं प्रहरी परिसरको हिरासतमा थिए । बुधवार उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटी मागेसँगै धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।रिहा भएसँगै उनले देशमा न्याय नमरेको संक्षिप्त प्रतिक्रिया दिए ।
कास्कीबाट धरौटीमा रिहा भएर काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित भएका लामिछानेको थुनछेक बहस सकिएपछि बुधकार धरौटीमा रिहा गर्न आदेश भएको हो । उनलाईधरौटीमा रिहा गर्न आदेश भएलगत्तै उनका समर्थकहरुले अदालत परिसरमा नाराबाजी गरे।
रास्वपा सभापति लामिछानेले कास्की र काठमाडौंमा समान इन्कारी बयान दिए । उनले कुनै पनि सहकारी संस्थामा एकल वा संयुक्त खाता नभएको,हस्ताक्षर नगरेको, औँठाछाप गरेको वा कुनै किसिमको फारामसमेत नभरेको बताएका छन् । रविले बयानका क्रममाउल्लेखित सहकारीलगायत गितेन्द्रबाबु (जीबी) राई संलग्न रहेको सहकारी संस्थाहरूमा कीर्ते गरी विधि प्रक्रिया नपु¥यार्ई सयौँ मानिसको नाममा नक्कली खाता खोलेर उनीहरूलाई नक्कली ऋणी बनाइएको तर्क गर्दै आफ्नो सन्दर्भमा पनि फर्जी खाता खोलिएको भन्ने कुरामा कुनै द्विविधा नरहेको बताए ।
सहकारीसँग आफ्नो कुनै पनि किसिमको साइनो तथा कारोबारनभएको भन्दै लामिछानेले इन्कारी बयान दिँदै आएका छन् । यता केही कानुनविदहरुलेलामिछानेलाई थुन्ने कुनै आधार नभएको र अन्य जिल्लामा पनि उनी धरौटीमा छुट्नतर्क गर्छन् ।
काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसमा लामिछानेलाई साधारण तारेखमा छोड्न उनका वकिलहरुले माग गरेका थिए । थुनछेक बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तले लामिछानेलाई रिहा गर्न माग गरेका हुन् ।उनले लामिछानेविरुद्ध मुद्दाको आधार नभएको जिकिर गरेका थिए ।लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उनले काठमाडौंबाट पनि परिवारको जिम्मामा छोड्न माग गरेका थिए ।
वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले पनि लामिछानेलाई बोलाएका बेला उपस्थित हुने गरी छोड्न माग गरेका थिए । वरिष्ठ अधिवक्ता श्रेष्ठले लामिछानेलाई साधारण तारेखमा छाड्दा पनि अन्याय हुने जिकिर गरेका थिए ।
यता, पोखराको सूर्यदर्शन सहकारीेकोबचत रकम अपचलन गरेको मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएका छविलाल जोशी एक सातादेखि फरार जस्तै छन् । उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेमा बुधबारसम्म उपस्थित नभएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए। काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले पनि छविलाल जोशी अदालतमा उपस्थित भएको जानकारी नभएको बताए।
हाल सरकार र सिंगो प्रहरी संयन्त्र नै जीबी र छविभन्दा रविका पछि मात्र दौडिएको अवस्थामा उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पनि मुद्दा दर्ता गर्न प्रहरीले सिफारिस गरिसकेको छ । बिहीबार लामिछानेविरुद्ध मुद्दा दर्ता हुने सम्भावना छ भने यता काठमाडौंको आदेशपछि बुटवलमा पनि उनी आफैँ हाजिर हुने भएका छन् । चितवनमा पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा प्रहरीको अनुसन्धान जारी छ ।
आदेश आउने सुनिश्चितता गर्न बुधबारको थुनछेक बहसमा लामिछानेले आफ्नो पक्षका वकिलहरुलाई छोटो बहस गर्न भनेका थिए । पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले झण्डै दुई घण्टा बहस गरेका थिए ।उनीहरुले रविविरुद्ध मुद्दा नै खारेज गर्न माग गरेका थिए । त्यसो त सरकारी वकिलले समेत जवाफी बहसमा ऋण नलिएको भए ९९ लाख किस्ता किन बुझाएको भन्नेसम्मको प्रश्न राखेका थिए ।
सरकारी वहिलले बहस सक्न नपाउँदै न्यायाधीशसमक्ष समय माग्दै रविलेआफ्नो नागरिता मुद्दा मात्र सम्झिएनन् कि आफूविरुद्धको मुद्दा दर्ता नै गैरकानुनी भएकाले मुद्दानै खारेज गरेर आफूलाई न्याय दिनु पर्ने दलिल गरेका थिए ।काठमाडौं जिल्ला अदालतको ३९ वटा इजलासमध्ये ६ नम्बर इजलासमा बुधबार दिनभर भिड देखियो । त्यसो त न्यायाधीशले पटक पटक रुलिङ गर्दै असम्बन्धित व्यक्तिलाई बेन्चबाट हटाएका थिए ।
अदालत परिसर बाहिर पनि बिहान १० बजेदेखि नै रविका समर्थकहरुको भिड लागेको थियो । यता, लामिछानेको विपक्षमा सहकारी पीडितका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमा आक्रमणको प्रयास भएको छ । उनीमाथि दुव्र्यवहार भएलगत्तै प्रहरीको सुरक्षा घेरामा उनलाई बाहिर निकालिएको थियो । त्रिपाठीमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले त्रिपाठीमाथि आक्रमणको प्रयास गर्ने ललित केसीलाई पक्राउ गरेको जनाएको छ । सहकारी पीडितको पक्षबाट बहस गरेर फर्किंदै गरेका त्रिपाठीलाई एउटा समूहले अदालत परिसरमै लछारपछार गरेको हो । यता, रास्वपा कार्यकर्ताले त्रिपाठीमाथि दुव्र्यवहार गरेको आरोप लागेपछि रास्वपाले भने दुव्र्यवहार कार्यमा संलग्न रहेका व्यक्ति पार्टीको सदस्य रहेको खण्डमा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया