Breaking

संसद अधिवेशन बोलाउन संयुक्त दबाब दिने प्रतिपक्षी दलहरूको निर्णय


काठमाडौँ – प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।