Breaking

सुडानमा गोलाबारीमा परि १२० भन्दा बढीको मृत्यु


काठमाडौं — सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको स्वयंसेवक उद्धारकर्ताहरूले बताएका छन् ।

पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । स्वास्थ्य कार्यकर्ताहरूका अनुसार उद्धारकर्ताहरूले ‘विभिन्न स्तरका चोटपटकबाट पीडित ठूलो सङ्ख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न सङ्घर्ष गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको बताए ।

सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाइँ बढेको छ ।

सहायता एजेन्सीहरूका अनुसार युद्धमा दशौँ हजार मानिस मारिएका छन् जसले देशलाई अनिकालको सँघारमा पारेको छ । सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाइएको छ ।