काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । सन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धन बाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरेका छन् ।
पछिल्लो घटनाक्रमलाई गम्भीर रुपले हेरिरहेको भन्दै प्रचण्डले सरकार गिराउने र सत्तामाजाने खेलमाभने नलागेको जिकिर गर्दै अहिले आफूले ‘रिल्याक्स’गरिरहेको बताए । अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई दबाबदिएर संविधानको धारा ७६(३) अनुसार सरकार गठन हुननदिएको दाबी गरे ।
प्रतिक्रिया