समाचार

मधेश केन्द्रित दलको बैठकमा उपेन्द्र यादवको पार्टी सहभागी भएन


काठमाडौं — मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ । मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी नभएका हुन् । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए । मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो । बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने तय मधेस केन्द्रित दलका नेताहरुले बताएका छन् । बैठकमा जसपा, लोसपा, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, तमलोपा लगायतका दलका नेताहरु सहभागी भएका छन् ।